• Saturday, June 14, 2025

आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु : अर्थमन्त्री डा. महत

काठमाडौं, असार २८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठुलो समस्याका रूपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरूक भएर लागेको बताउनुभएको छ ।

कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उहाँले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बिहीबारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा उहाँले विभिन्न स्वरूपमा बेरुजु रहने भएकाले त्यो सबै दुरुपयोग भयो भन्नु गलत रहेको बताउनुभयो । आर्थिक अराजकता नियन्त्रणका लागि आफू पूर्णरुपमा लागिपरेको बताउनुभयो ।

मुलुकभित्र अत्यावश्यक कामका लागि आवश्यक रकम जोहो गर्न तथा अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोषमा रकम राखिएको जानकारी दिनुभयो । विविध शीर्षकमा बढी बजेट राखिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफमा मन्त्री डा महतले अत्यावश्यक समस्यामा खर्च गर्ने रकमको जोहोका लागि विविध शीर्षकमा बजेट राखिएको बताउनुभयो ।

उहाँले राष्ट्रियसभाका सदस्यका तर्फबाट प्राप्त भएको सुझावलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउनुभयो । अर्थमन्त्री डा. महतले आर्थिक अनुशासन कायम गरिने र त्यसमा कुनै आशङ्का नगर्नसमेत आग्रह गर्नुभयो । बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले पहल थालिसकेको उहाँको भनाइ छ ।

बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दाखोज्दै पनि तत्काल नसकिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । बूढीगण्डकी जलविद्युत आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत उठाइएको रकम मुआब्जा वितरणका लागि खर्च भएको उल्लेख गर्नुभयो । मन्त्री डा महतले सो आयोजना निर्माणका लागि कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको भनाइ राख्नुभयो ।

मुलुकका आइपर्ने अत्यावश्यक कामका लागि खर्च गर्नका लागि विविध शीर्षकमा रकम राख्नुपर्ने उल्लेख गर्दै उहाँले प्राकृतिक विपद्लगायतका कामका लागि अनावश्यक खर्च निषेध गर्ने र अनुशासन कायम गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री डा. महतले नियम कानुनभन्दा बाहिर गएर कुनै पनि सरकारी स्रोत खर्च गर्न नसक्ने बताउनुभयो । आम्दानी नै कम भएकाले सङ्घीय सरकारको बजेट बढी घटाएर प्रदेश सरकारको बजेट कम मात्रै घटाइएको उहाँको भनाइ छ । बेथितिका कारण जोडिँदै आएका समस्या समाधानका लागि आफूले इमान्दार प्रयास गरेको अर्थमन्त्री डा. महतको दाबी छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter