• Monday, May 26, 2025

जलविद्युत र पर्यटनमा विदेशी लगानी आकर्षित गर्न सक्नुपर्छ : उपराष्ट्रपति

काठमाडौं, साउन ७ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनु भएको छ ।

उहाँले विभिन्न देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको संस्था ‘अनररी कन्सुलर क्रोप्स नेपाल (एचसीसी–एन)’ को १६ औँ साधारण सभा र चार्टर डे–२०२३ ’ कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

उपराष्ट्रपतिले भन्नुभयो, ‘‘नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीचको आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन यो संस्थाबाट हुने गरेको सहयोग र योगदान प्रशंसनीय छ ।’’

‘‘एचसीसी–एनले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा नियुक्ति दिने मित्र राष्ट्रका आमजनबीचको सामीप्यता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप बलियो बनाउने कार्यमा अझ सबल रहने विश्वास लिएको छु ।’’

उहाँले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइ राख्नु आजको आवश्यकता रहेको बताउनु भयो ।

उपराष्ट्रपति यादवले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्नमा यो संस्थाले सम्बन्धित राष्ट्रहरूसँग पहल गर्नमा पनि केन्द्रित हुनुपर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter