• Thursday, June 12, 2025

चामल आयात आधाले घट्यो

काठमाडौँ, साउन ११ गते । गत आर्थिक वर्षमा चामलको आयात आधाले घटेर १६ अर्ब रुपियाँको हाराहारीमा झरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएकोे थियो ।

गतवर्ष धानको उत्पादन बढेकाले पनि चामल आयातमा कमी आएको हो । गत आवमा विभिन्न मुलुकबाट ५६ अर्ब रुपियाँभन्दा धेरैको खाद्यान्न (धान, गहुुँ, मकै, कोदो, जौ, कनिका) आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गएको आव २०७९/८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपियाँको खाद्यान्न आयात गरेको छ ।

आव २०७८/७९ मा ७४ अर्ब २८ करोड ३७ लाख सात हजार रुपियाँको आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा समग्र खाद्यान्न आयातमा २४ प्रतिशत अर्थात् १८ अर्ब रुपियाँ बराबरको कमी भएको छ ।

आव २०७९÷८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारले आयातमा गरिएको कडाइ र भारत सरकारले गहुँ आयातमा लगाइएको प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी आएको छ । एक वर्षमा झन्डै ३७ अर्ब रुपियाँको धान, चामल, चिउरा र कनिका आयात भएको तथ्याङ्क छ । ९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने रहेको छ । गत आवमा २० अर्ब ७५ करोड ८० लाख रुपियाँको धान आयात भएको विभागको तथ्याङ्क छ ।

अघिल्लो वर्ष १६ अर्ब ९९ करोड ७२ लाख रुपियाँको धान आयात भएको थियो । गत वर्ष अघिल्लो वर्षको तुुलनामा चार अर्ब रुपियाँ बराबरको धान आयात बढेको छ ।

गत आवमा १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपियाँको मकै आयात भएको छ । अघिल्लो वर्ष १९ अर्ब ६४ करोड ९६ लाख २५ हजार रुपियाँको मकै आयात भएको थियो । यस्तै गत वर्ष २८ करोड ९८ लाख रुपियाँ बराबरको गहुँ र गहुँको बीउ आयात भएको छ । अघिल्लो वर्ष छ अर्ब ३२ करोड ६२ लाख रुपियाँको गहुुँ आयात भएको थियो । गतवर्ष भारतमा गहुुँ उत्पादन कम भएपछि अन्य देशमा निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसको कारण पनि गहुँको आयातमा कमी भएको हो । यस्तै गत आवमा २७ करोड ६६ लाख रुपियाँ बराबरको जौ आयात भएको छ । धान, चामल, गहुँ, कोदो, मकै, गेडागुडीलगायतका वस्तु खाद्यान्नको सूचीमा पर्दछन् । इन्डोनेसिया, भियतनाम, चीन, इटाली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ ।

यस्तै गत आवमा दुई अर्ब ५५ करोड रुपियाँको दुग्धजन्य पदार्थ, ३१ अर्ब ८७ करोड रुपियाँको तरकारी र २० अर्ब ५६ करोड रुपियाँको फलफूल आयात भएको छ ।

यस्तै झन्डै नौ अर्ब रुपियाँको चिया, कफी, झन्डै ८७ अर्ब रुपियाँको घिउ, तेल र पाँच अर्ब रुपियाँको चिनी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि हरेक वर्ष ठुुलो परिणाममा खाद्यान्न आयात हुने गर्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter