• Wednesday, May 28, 2025

सरकार सुशासनको पक्षमा दृढ भएर काम गर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं, साउन १३ गते। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताउनुभएको छ। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै शनिबार उपप्रधानमन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने स्पष्ट पार्नुभयो।

कांग्रेस उपसभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “सरकारले केही कामको सुरुआत गरेको छ, खासगरी भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा दृढताका साथ अघि बढ्दै सरकारले जनताले अनुभव गर्नेगरी काम गर्नेछ।”

विकाश निर्माणका ढिलासुस्तीदेखि पुँजीगत खर्च न्यून हुने अवस्था अन्त्यका लागि सरकारले कठोर कदम चाल्नेसमेत तयारीमा रहेको उहाँले बताउनुभयो। जनताले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभयो। सो अवसरमा उपप्रधानमन्त्री खड्काले गलत काम भए खुलारुपमा आलोचना गर्न र सुधारका लागि सुझाव दिनसमेत आग्रह गर्नुभयो।

उहाँले यतिबेला नेपाली राजनीतिको मियो नेपाली कांग्रेस रहेको भन्दै संविधान र लोकतन्त्रका पक्षधर सबै शक्तिलाई साथमा लिएर जाने दायित्व कांग्रेसको भएको बताउनुभयो। उहाँले सबै नेता तथा कार्यकर्तालाई सोहीअनुरुप काम गर्नुपर्ने निर्देशनसमेत दिनुभयो।

कांग्रेस रुपान्तरणका भनेर हल्लाभन्दा पनि काम गर्नुपर्ने उल्लेख गर्नुभयो। “देश र जनताप्रति इमानदार भएर काम गरौँ, पारदर्शी बनौँ। बोली र गराइमा एकरुपता ल्याऔँ”, उहाँले भन्नुभयो, “जनताको घर दैलोमा पुगौँ, जनतालाई मालिक मानेर काम गरौँ।”

पार्टीका नेता तथा कार्यकर्तालाई सधैँ साथमा लिएर हिँड्न र हरेक काममा खटिनेलाई सम्मान गरेर पार्टी रुपान्तरण गर्न सकिने उहाँले बताउनुभयो। वडादेखि केन्द्रीय तहसम्म राज्य र पार्टी सत्ता बसेका सबै नेता कार्यकर्ताले पारदर्शी ढंगले काम गर्ने हो भने २०८४ को निर्वाचनमा नेपाली कांग्रेस फेरि एकपटक सबैभन्दा ठूलो पार्टी हुने उहाँको भनाइ छ।

नयाँ तथा पुराना कुनै पनि राजनीति दललाई गाली नगर्न कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “राम्रो काम गरौँ, पारदर्शी बनौँ, पार्टीलाई एकतावद्ध गरी जनताको घर दैलोसम्म पुगौँ। देश र जनताको सेवालाई सर्वोपरि मानेर काम गरौँ।”

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter