• Wednesday, May 28, 2025

गाउँमा सेवाप्रदायक सहरमा सेवाग्राही

काठमाडौँ, साउन १३ गते । सङ्घीय व्यवस्थाले सेवाप्रदायक संस्था गाउँ गाउँमा पु-याए पनि सेवाग्राही भने सहर केन्द्रित भएका छन्।

सरकारले साधन, स्रोत र जनशक्ति नागरिकको घरदैलोमा पु-याउने उद्देश्यले सङ्घीय व्यवस्था कार्यान्वयनमा ल्याए पनि सेवा लिने सेवाग्राही भने सहर केन्द्रित हुँदै गएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँमा भन्दा सहरमा बस्ने जनसङ्ख्या करिब तेब्बर छ। कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये नगरपालिकामा एक करोड ९२ लाख ९६ हजार ७८८ र गाउँपालिकामा ९८ लाख ६७ हजार ७९० जनाको बसोवास रहेको छ।

सङ्घीय व्यवस्था कार्यान्वयनमा आएसँगै साबिक जिल्लामा भएका अधिकांश कार्यालय गाउँ गाउँमा पुगेका छन्। स्थानीय तह आफैँ सरकार भएकाले अहिले स्थानीय तहमै सरकारका तीनवटै अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका क्रियाशील छन्। स्थानीय तहका कुल छ हजार ७४३ वडा कार्यालयका छन्। साथै कृषि, पशु, शिक्षा, स्वास्थ्य, सहकारी, महिला विकास शाखा गाउँ गाउँमा पुगेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सङ्घीयताविज्ञ डा. श्यामकृष्ण भुर्तेलले सङ्घीयताले भौतिक पूर्वाधार र सेवा प्रवाहका निकाय गाउँमा पु-याए पनि नागरिकका अपेक्षा र आवश्यकता बढ्दै जाँदा गाउँमा जनसङ्ख्या टिक्न नसकेको बताउनुभयो। उहाँले सरकारले नागरिकको अपेक्षा अनुसारै नीति र योजना बनाई व्यवहारमा कार्यान्वयन नगर्दासम्म गाउँमा जनसङ्ख्या वृद्धि हुने सम्भावना नभएको स्पष्ट पार्नुभयो। साबिक स्थानीय निकाय रहँदा ती कार्यालय जिल्ला सदरमुकाम केन्द्रित थिए। यत्तिका सेवाप्रदायक संस्था स्थानीय तहमा पुगे पनि सेवा लिने जनसङ्ख्या भने सहर केन्द्रित भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले सङ्घीयताको मर्म अनुसार नीति बनाई व्यवहारमा कार्यान्वयन नभएसम्म गाउँमा जनसङ्ख्या अडिने सम्भावना नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “तीनै तहको सरकार मिलेर गाउँमै उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरी विद्यार्थीलाई पढ्दापढ्दै सीपयुक्त बनाई गाउँमै रोजगारी दिने नीति बनाई कार्यान्वयन गर्नु पर्छ।”

उहाँले गाउँमै न्यूनतम सहरी पूर्वाधार बाटो, सडक, खानेपानी, ढल, इन्टरनेट शिक्षा, स्वास्थ्य, रोजगारका अवसरलगायतका पूर्वाधार पु-याउने हो भने व्यक्ति सहर केन्द्रित नहुने बताउनुभयो। दस वर्षको अवधिमा सहरी क्षेत्रमा दोब्बरले जनसङ्ख्या वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गाउँपालिका र नगरपालिकाको जनसङ्ख्या विवरण अनुसार कुल जनसङ्ख्याको ६६.२ प्रतिशत जनसङ्ख्या सहरमा बसोवास गर्छन् भने ३३.८ प्रतिशत जनसङ्ख्या गाउँपालिकामा बस्छन्। अहिले ४६० गाउँपालिका तथा महानगर, उपमहानगर र नगरपालिकासहित २९३ वटा नगरपालिका गरी ७५३ स्थानीय तह छन्।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर जनसङ्ख्या अध्ययन केन्द्रका प्रमुख डा. पद्मप्रसाद खतिवडाले सेवाप्रदायक संस्था गाउँमा पुगे पनि गाउँमा अवसर नहुँदा नागरिक सहर केन्द्रित भएको बताउनुभयो। उहाँले गाउँ र सहरमा जनसङ्ख्या वितरण समान बनाउनका लागि सरकारले अवसर वितरण पनि समान बनाउँदै जानुपर्ने सुझाव छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter