• Saturday, June 14, 2025

कृषि अनुसन्धानका लागि सहकार्य

काठमाडौँ, भदौ २ गते । कृषि अनुसन्धानका लागि राष्ट्रिय नीति निर्माण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्य हुने भएको छ । नेपालको कृषि अनुसन्धानलाई समय अनुकूल बनाउनका राष्ट्रिय नीति आवश्यक रहेको र त्यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । दुई पक्षबिच भएको छलफलमा नीति निर्माणमा सहकार्य गर्ने सहमति भएको छ, सम्झौताका लागि तयारी भइरहेको उहाँले बताउनुभयो ।

नेपालको कृषि नीति विशेष गरी कृषि अनुसन्धानको नीतिलाई समयानुकूल परिमार्जन गर्न विशेष अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताउँदै उहाँले कृषि अनुसन्धान, कृषि प्रसार, कृषि शिक्षा र कृषकबिचमा सहकार्य गर्न नीति निर्माणका लागि दुवै पक्षबिचमा सम्झौता हुने बताउनुभयो ।

कृषि अनुसन्धानको क्षेत्रमा प्रतिष्ठान र नार्कबिचमा सम्झौता भयो भने कोसेढुङ्गा साबित हुन नार्क अन्तर्गतको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयो । अनुसन्धानका लागि थुप्रै नीति आवश्यकता छ, त्यसका लागि प्रतिष्ठानसँग मिलेर नार्क अगाडि बढेको उहाँले बताउनुभयो ।

प्रतिष्ठानसँग हुने सहकार्य फलदायी हुने विश्वास आफूले लिएको बताउँदै उहाँले कृषि क्षेत्रमा अनुसन्धान नभएको होइन, ठुला ठुला अनुसन्धान भएका छन् तर त्यसलाई कार्यान्वयनमा ल्याउने, प्रचारप्रसार गर्ने, किसानसमक्ष पु-याउने खालको नीतिको अभाव रहेको बताउनुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानका प्राकृतिक स्रोत तथा प्रविधि नीति अध्ययन केन्द्रका प्रमुख डा. दीपककुमार खड्काले नीति अनुसन्धान प्रतिष्ठान र नार्कबिच हुने यसखालका सहकार्यले कृषि अनुसन्धानका क्षेत्रमा ठुलो उपलब्धि हुने विश्वास आफूले लिएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter