• Monday, June 09, 2025

राष्ट्रपतिद्वारा मङ्गलबार सर्वदलीय बैठक आह्वान

काठमाडौं, भदौ ३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजेका लागि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक राष्ट्रपति कार्यालयमा बस्नेछ।

संघीय संसद बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि शीर्ष नेतासँग भेटवार्ता गरिसक्नुभएका राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। यसअघि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरिसक्नुभएको छ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेट गर्नुभएको छ। संसद बैठक सञ्चालन गर्ने विषयमा आइतबार दिउँसो मात्र प्रतिनिधि सभामा प्रतिनिधित्त्व गर्ने शीर्ष दलका नेतासँग प्रधानमन्त्री प्रचण्डलेसमेत छलफल गर्नुभएको थियो। शीर्ष नेताको अर्को बैठक सोमबार बस्नेछ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter