• Monday, April 14, 2025

नेवारी खानाको प्रवर्धन गर्न ‘खाना महोत्सव’

केदार तिमल्सिना / काभ्रेपलाञ्चोक, भदौ २३ गते । परम्परागत नेवारी खानाहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपामा दुई दिने ‘काभ्रे फुड फेस्टिबल’ खाना महोत्सवको आयोजना गरिएको छ ।

काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ तथा काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिवार खाना महोत्सवको आयोजना गरिएको हो ।

खाना महोत्सवका कार्यक्रम संयोजक श्यामकुमार भालु श्रेष्ठले जिल्लामा रहेको नेवारी खानाको प्रवद्र्धन तथा प्रचार गर्ने, आर्थिक मन्दिका कारण थलिएको व्यवसायलाई पुनर्जागृत गराउने उद्देश्यले खाना महोत्सवको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा १८ वटा स्टलहरु राखिएको छ ।

उहाँले महोत्सवमा विभिन्न होटल तथा रेष्टुरेन्टले खानाका विभिन्न परिकार राख्नुको साथै नेवारी सुकुल भोज, नेवारी खानामा योमरी, समेबजी, चटामरी, बारालगायतका विभिन्न परिकार राखिएको बताउनुभयो । उहाँले करिब आठ वर्ष अघिसम्म खाना महोत्सव गरिए पनि पछिल्लो समय विविध कारणले रोकिएको खाना महोत्सवलाई पुनः सञ्चालन गर्ने तथा जिल्लामा रहेका नेवारी खानाको प्रवद्र्धन गर्ने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको बताउनुभयो ।

दुई दिनको खाना महोत्सवको समीक्षा गर्दै आगामी दिनमा जिल्लाको परम्परागत खानाहरुको प्रवद्र्धन तथा प्रचार गर्ने उद्देश्यले महिनामा एउटा खाना महोत्सवको आयोजना गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

महोत्सवमा खानाको स्टलका साथै फलफुल, केही कलेज तथा कन्सलटेन्सी आफ्नो प्रचारको लागि स्टल राखेका थिए । काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घका अध्यक्ष शिवप्रसाद तिमल्सिनाले दुई दिनसम्म सञ्चालन गरिएको खाना महोत्सवले जिल्लामा रहेका परम्परागत खानाको विषयमा नागरिकसमक्ष सन्देश प्रवाह गरेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter