• Thursday, June 12, 2025

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छः अर्थमन्त्री महत

काठमाडौं, भदौ २७ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो।उहाँले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतिको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चालउन आवश्यक रहेको बताउनुभयो।

अर्थमन्त्री महतले विदेशमा गएपछि सबै समस्या हल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले प्रचार गरेको बताउनुभयो।उहाँले आफू पनि विदेशमा बसेर आएको हुनाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उल्लेख गर्नुभयो।

अर्थमन्त्री महतले नेपालमा नै धेरै श्रमशक्तिको आवश्यकता रहेको भए पनि विदेश जाने पद्धतिले समस्या निम्त्याएको दाबी गर्नुभयो।उहाँले सरकाले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले नेपालमा नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिसी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको भन्दै अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्ने बताउनुभयो।

उहाँले सरकारसँग स्रोत कम भएकोले पर्याप्त बजेट व्यवस्थापन गर्नसके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास रहेको उल्लेख गर्नुभयो।उहाँले देशको आर्थिक स्रोत कम रहेको तर आवश्यकताहरु धेरै रहेको उल्लेख गर्दै सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्नसक्ने जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो,‘‘विदेशमा पठाउने कन्सलट्यान्सीले विदेशमा गए सबै कुरा समाधान हुनेगरी विज्ञापन गरीरहेका छन्।तर विदेशमा जानेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्ने छैन।विदेशमा जाने ठूलो समस्यामा हुनुहुन्छ।स्वदेश फर्कन वा बस्नु भन्ने समस्याहरु छन्।नेपालमा नै धेरै ठूलो श्रम शक्तिको माग रहेको छ।न्ेपालको शिक्षक बन्न चाहेकका छैनौं।विदेशमा शिक्षक बन्ने कुरा फरक कुरा हो।१२ कक्षा पास गर्ने बित्तिकै विदेशमा जाने ट्रेनलाई रोक्न अभियान थाल्नुपर्छ। नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने पक्षमा सरकार पनि रहेको छ।नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिसी हुने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि गर्न सरकारले लगानी गर्नुपर्छ ।’’

उहाँले सरकार र प्रतिपक्षमा हुने सबैले एकतावद्ध भएर देश विकासको लागि प्राथमिकताका आधारमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले वैदेशिक लगानी मुलुकको हितको लागि भए/नभएको हेरेर मात्रै लिने नीति लिनु आवश्यक रहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter