• Friday, June 13, 2025

निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास सम्भव : प्रधानमन्त्री

काठमाडौं, भदौ २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो भएको बताउनु भएको छ । साथै उहाँले निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्दै सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित हुने रहेको स्पष्ट पार्नुभएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) को बीसौँ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले १६औं योजना तर्जुमा गर्दा अर्थतन्त्रलाई प्राथमिकतामा राखेको परिप्रेक्ष्यमा परिसंघको समन्वयकारी भूमिकाप्रति आभार प्रकट पनि गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो । आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने छ । सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न, तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियान महत्वपूर्ण छ । स्पष्ट योजनासहित अगाडि बढाइएको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियानलाई नेपाल सरकारले पनि अपनत्व लिएको छ ।’’

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter