• Friday, May 30, 2025

बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नु अन्याय होः महामन्त्री थापा

काठमाडौं, भदौ ३० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ। शनिबार बिपी कोइरालाको ‘जेल डायरी’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले बिपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचार ओझेलमा परेको बताउनुभयो। उहाँले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गर्नुभयो।

उहाँले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको उल्लेख गर्नुभयो। उहाँले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपी माथिको अन्याय भएको बताउनुभयो। उहाँले यसको प्रायश्चितमा कांग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचार खोज्नुपर्छ। महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हो। बिपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ। बिपीले म मान्छे हुँ भनिरहनुभएको छ। मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ। तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौं, त्यो अन्याय हो। त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्छ। यसको प्रयास यसपटक नेपाली कांग्रेसको प्राङ्गणमा बिपी महोत्त्सव भनेर छलफल गरेका छौँ।’

महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भए पनि नैतिक शक्ति र नेता छ की छैन भन्ने प्रश्न खडा भएको बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter