• Friday, June 13, 2025

परम्परागत सीप सिकाउँदै विद्यालय

अमरराज नहर्की / तनहुँ, भदौ ३० गते । व्यास नगरपालिका–५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयले लोपोन्मुख परम्परागत सीप सिकाई रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत सालको पातको दुना तथा टपरी बुन्ने सीप प्रदान गरिरहेको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।

आधुनिक प्लास्टिकका थाल, बटुको प्रयोगले सालको पातको टपरीको प्रयोग घट्दै गएकोले यो सीप र संस्कृतिबाट दीक्षित गर्न सीप प्रदान भइरहेको विद्यालयले जनाएको छ । लोपोन्मुख नेपालीका परम्परागत सीप र संस्कृतिसँगै दैनिक पठनपाठनको कामलाई विद्यालयले अघि बढाए अनुरूप विद्यार्थीलाई पुराना नेपाली सीप र संस्कृति बारे व्यवहारिक ज्ञानसहितको प्रयोगात्मक शिक्षा दिने उद्देश्य अनुरूप सालको पातको दुना तथा टपरी बुन्न सिकाएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले बताउनुभयो ।

पेसा व्यवसाय विषय अन्तर्गत व्यवहारिक ज्ञान दिन विद्यार्थीलाई सालको पातको दुना तथा टपरी बनाउन सिकाएको शिक्षिका उहाँले बताउनुभयो । किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धितमा स्थानीय स्तरको बासको सिन्काको सहायतामा बुन्न सिकाएका विद्यालयले जनाएको छ ।

दुना टपरी बनाउन छात्रा मात्रै नभई छात्रले पनि रुचि पूर्वक सिकिरहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रिता भण्डारीले जानकारी दिनुभयो पछिल्लो समय प्लाष्ट्रिक तथा कागजका प्लेटहरूले बजार ढोकेको र वातावरण समेत प्रदूषण पारेकाले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान दिने उद्देश्यले सीप सिकाइएको शिक्षक मञ्जु खनालले बताउनुभयो । अहिलेका बालबालिकाहरूले परम्परागत व्यवहारिक सिपहरू भुल्दै गएको हुनाले यसको संरक्षण गर्न तथा वातावरणमैत्री दुना टपरी गाँस्ने सिप सिकाइएको उहाँ बताउनुहुन्छ । शिक्षकहरू अनिता काफ्ले, अमृता आले, रिता भण्डारी, समीक्षा थापा, डालीमाया रानाभाट राम प्यारी विक मञ्जु आले लगायतले प्रशिक्षण प्रदान गरेको भण्डारीले जानकारी दिनुभयो ।

नेपाली गाउँघर र ग्रामीण जीवनयापनको जीवन्त पाटो मध्ये एक हो सालको पातको टपरी बनाउने सीप । कृषि प्रधान अधिकांश नेपाली ग्रामीण जीवनयापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नवीनतम प्रविधि, औजार उपकरणले यसलाई बिर्सँदै गएको छ नेपाली समाजले । विवाह, व्रतबन्ध, विभिन्न पूजा तथा चाडपर्वमा सालको पातको दुना टपरी प्रयोग गर्ने गरिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter