चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी

काठमाडौं, मंसिर ७ गते । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आर्जन गरेको छ।

विद्युत निर्यात गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रूपैयाँले बढी हो। गत आर्थिक वर्षको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रूपैयाँ आर्जन गरिएको थियो।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो।

गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रूपैयाँ आर्जन भएको छ।

प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत निर्यात गरेको छ।

चार महिनाको समग्र औसत विद्युत बिक्री दर प्रति युनिट ९ रूपैयाँ १८ पैसा छ। गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रूपैयाँ ७६ पैसा थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रूपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter