• Wednesday, April 16, 2025

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तालाई २ वर्ष कैद सजाय

काठमाडौं, मंसिर ७ गते । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि तीन वर्षअघि आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई जनही २ वर्ष कैद सजाय र २० हजार जरिवाना साथै २८ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ।

न्यायाधीश विनोद खतिवडाको इजलासले ६ जनालाई कैद र जरिवाना गरेको साथै १ जनालाई सफाइ दिएको जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए।

उनका अनुसार जिल्ला अदालतले हरि आचार्य, योगेन्द्र रावल, सयुज श्रेष्ठ, निरज रानामगरलाई दुई वर्ष कैद सजाय गरेको छ भने दिपक ओझालाई भने सफाइ दिएको छ।

यसैगरी, चलाउनेको उपचारमा लागेको २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति ६ जनाबाट बराबर भराउन अदालतले भनेको हो।

चलाउनेले जिल्ला अदालतको फैसलाले आफूलाई आंशिक न्याय मिलेको प्रतिक्रिया दिए।

‘उनीहरूले त मेरो ज्यान मार्ने योजनाका साथ आक्रमण गरेका थिए। त्यसैले ज्यान मार्ने उद्योगमा कसुर सावित हुनुपर्छ भन्ने जिकिर थियो। कुटपिटमा २ वर्षमात्र कैद सजाय हुने फैसला भएको छ। यसले मलाई आंशिक न्याय भयो। अब उनीहरूलाई तुरून्तै जेल हाल्नुपर्छ भन्ने मेरो माग छ,’ उनले भने।

प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालयमा कुटपिट भएको थियो। उनीमाथि सयुजसहित सात जनाले कुटपिट गरेका थिए।

नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले कुटपिट गरेको आरोप थियो।

गत जेठ ३० गते बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय समेत गरेको थियो। त्यसविरूद्ध उनी सर्वोच्च समेत पुगेका थिए। उक्त निर्णयविरूद्ध उनले अनसन समेत सुरू गरेका थिए। सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। उपप्राध्यापक चलाउनेले अनसन पनि स्थगित गरेका थिए।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter