• Wednesday, April 16, 2025

स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने ६५ करोड अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय; उपरथी पाण्डे र उर्जासचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं, मंसिर ७ गते ।सरकारले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

आजकै बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने ४.४६५ मिलियन स्वीस फ्रैंक (करिब ६५ करोड रूपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।

त्यस्तै सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा प्राविधिकसहितको चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ। आयोगले जनशक्ति थप गर्न सरकारसँग माग गरेअनुसारको निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।

जन्ममिति कीर्ते प्रकरणमा मुछिएपछि राजीनामा बुझाएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ। २०८० कात्तिक २४ गतेबाट लागु हुनेगरी स्वीकृत गरिएको मन्त्री शर्माले जानकारी दिइन्।

त्यस्तै उर्जासचिव दिनेशकुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिनाअगाडि नै दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter