• Wednesday, April 16, 2025

श्रमिकको ४४ अर्ब ८५ करोड रूपैयाँ सामाजिक सुरक्षा कोषमा; सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम ब्याज खान होइन : श्रममन्त्री

काठमाडौँ , मंसिर ११ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको ४४ अर्ब ८५ करोड १४ लाख रूपैयाँ जम्मा भएको छ।

योजना सुरू भएदेखि हालसम्म कोषमा ९ लाख २८ हजार ४५३ श्रमिक सूचीकृत भइसकेका छन्। त्यस्तै १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन्।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले २०७५ मंसिर ११ गतेबाट सुरू गरेको हो। योजना सुरू भएको पाँच वर्ष पूरा भएर ६ वर्ष लागेको छ।

अहिले कोषले सञ्चालन गरिरहेका सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई सुविधा दिने काम निरन्तर भइरहेको छ।

हालसम्म औषधि उपचार तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत एक लाख ४३ हजार २४२ दाबी परेका छन्।

यसमा ७६ करोड २५ लाख ५९ हजार रूपैयाँ भुक्तानी भएको छ। दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत कोषले तीन हजार ६८५ वटा दाबीमा आठ करोड ७७ लाख २९ हजार भुक्तानी गरेको जनाएको छ।

त्यस्तै, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ४१४ श्रमिकका परिवारलाई ११ करोड ३० हजार र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत पाँच अर्ब ४९ करोड ६३ लाख ५० हजार भुक्तानी गरेको छ। कोषले यस्ता विभिन्न स्किमअन्तर्गत हालसम्म ६ अर्ब ४५ करोड ६६ लाख ६८ हजार भुक्तानी गरिसकेको छ।

कोषबाट ९३६ जनाले कर्जा सुविधा लिएका छन्। कोषले विभिन्न शीर्षकका कर्जाहरूअन्तर्गत एक अर्ब ७५ करोड ६० लाख रूपैयाँ ऋण प्रवाह गरेको छ।

जसमा ९ हजार ७४४ जनाले एक अर्ब ७२ करोड ४७ लाख ४२ हजार विशेष कर्जा लिएका छन्। १७ जनाले दुई करोड ८९ लाख ३३ हजार घर कर्जा र तीन जनाले २३ लाख ६४ हजार शैक्षिक कर्जा लिएको तथ्यांक छ।

हालसम्म औपचारिक क्षेत्रमा कार्यरत तथा वैदेशिक रोजगारीमा गएका श्रमिकहरू मात्रै कोषमा आवद्ध छन्।

अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि समेट्ने घोषणा सरकारले गरिसकेको छ। उनीहरूलाई सरकारले पनि सहयोगदान गरिदिनुपर्ने हुन्छ। सहयोगदानका लागि सहजीकरण गर्न विभिन्न सात वटा पालिकाहरूले कोषसँग सम्झौता गरिसकेका छन्।

सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम ब्याज खान होइन : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् ।

सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रम मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

सामाजिक सुरक्षाको अवधारणाका धेरै मुलुकमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको उनले बताए ।

उनले कोषमा जम्मा भएको रकम परिचालन विविधीकरण गरेर राष्ट्रिय पूँजीको रुपमा निर्माण गरी राष्ट्र निर्माणका लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए । सुरक्षा कोषले लगानीलाई उपयुक्त रुपमा परिचालन गर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आवद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको बताए । मन्त्री भण्डारीले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाएको त्यसलाई सरकारले अगाडि बढाएर निश्चित बाटोमा अगाडि बढाउने बताए ।

श्रम ऐनमा दिएका अधिकारहरु प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने काममा प्रतिबद्ध रहेको उनले बताए ।

उनले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषयमा रहेका कानुनी कमी–कमजोरीहरुलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजाने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter