एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा

धनगढी / मङ्सिर १२ गते । सुदूरपश्चिमको बैतडी झुलाघाटबाट मङ्सिर १४ गते सुरु हुने नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा भएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज राति धनगढी पुग्दै हुनुहुन्छ । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू आजै धनगढी आउने कार्यक्रम रहेको छ । यस्तै गरेर उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू भोलि विहान धनगढी पुग्दै हुनुहुन्छ ।

एमालेका नेताहरु १४ गते विहान ८ः३० बजे हुने पदयात्राको उद्घाटनका लागि भोलि नै धनगढीबाट बैतडी जाने भएका छन् । अध्यक्ष ओलीले नेपालको झण्डा झण्डोत्तोलन गरेर पदयात्राको उद्घाटन गर्ने सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी बैतडीको खोड्पेमा सन्देश सभा आयोजना गरिने छ ।

टोलीले डडेल्धुराको उग्रतारा दर्शन गर्ने, १५ गते डडेल्धुराको अमरगढी किल्ला अवलोकन गर्ने, बागबजारमा सन्देश सभा गर्ने, डोटीको दिपायल र सिलगढीमा जनसभा गर्ने र शैलेश्वरीको दर्शन गर्ने कार्यतालिका रहेको छ ।

१६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्षसहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने जनाएको छ ।

झुलाघाटदेखि अछामको बेलखेतसम्म सुदूरपश्चिम प्रदेशको ३५८ किलोमिटर छिचोल्ने र सो अभियानमा २५० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।

एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले सो अभियानका क्रममा सुदूरपश्चिममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने बताउनुभयो । १९ दिनमा सङ्कल्प यात्राको पुष ५ गते सन्देश प्रवाह गर्ने गरेर काठमाडौमा समापन हुने बताइएको छ । बैतडीबाट सुरु हुने कार्यक्रम पाँचथरको चिभञ्याङसम्म पुग्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter