वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गरिने

सिराज खान / नेपालगन्ज, माघ ९ गते । नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धमा बसेको बैठकले वैशाख १ गतेदेखि नगर क्षेत्रभरि सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्रीमा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले दिनु भएको जानकारी अनुसार उपमहानगरमा सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्रीमा पूर्णरुपमा रोक लगाउने निर्णयलाई कडाइका साथ पालना गरिने निर्णय बैठकले गरेको छ ।

वैशाख १ गतेभन्दा अघि नै सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयहरूमा सुर्तीजन्य पदार्थको उपयोग र वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने र सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री वितरण गर्ने निकाय एवम् व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय पनि गरिएको स्वास्थ्य महाशाखा प्रमुख चन्दले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरका प्रमुख विष्टले सो निर्णयबारे जानकारी गराउनुहुँदै आगामी वैशाख १ गतेदेखि नगरमा पूर्णरुपमा सुर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय गरिएको र त्यस अघि सचेतना प्रवर्द्धनसँगै तयारी अभियान सञ्चालन गरिने बताउनुभयो ।

बैठकमा सहभागी नेपाल सरकारका उपसचिव पुष्कर नेपालले सङ्घीय ऐनमा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारहरूले तदारुकता देखाउन आवश्यक रहेको बताउनुभयो ।

बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

उपमहानगरले गरेको सो निर्णयको उपमहानगरका स्थानीय बासिन्दाले स्वागत गरेका छन् । तर उनीहरूले सो निर्णयको पूर्ण कार्यान्वयनमा आशङ्का समेत व्यक्त गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter