• Tuesday, April 22, 2025

राष्ट्रिय सभाका अध्यक्षद्वारा पदभार ग्रहण; ४ दलको सहयोगमा राष्ट्रिय सभा अध्यक्ष बने नारायण दाहाल

काठमाडौं, फागुन २९ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको छ।

पदभारका क्रममा उहाँले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

४ दलको सहयोगमा राष्ट्रिय सभा अध्यक्ष बने नारायण दाहाल

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी युवराज शर्माले भने १७ मत पाए । राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । ५६ जना सांसद बैठकमा उपस्थित थिए ।

दाहाललाई माओवादीका सांसद गोपीबहादुर अछामीले अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद डा.बेदुराम भुसाल र जनता समाजवादीका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

यता कांग्रेसबाट उम्मेदवार युवराज शर्मालाई कांग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाले अध्यक्षमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई कांग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोसपा सांसद शेखर कुमार सिंहले समर्थन गरेका थिए ।

राष्ट्रिय सभामा सबैभन्दा धेरै माओवादी केन्द्र १८ सदस्यसहित पहिलो दलको भूमिकामा रहेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसका १६ सदस्य छन् । तेस्रो स्थानमा रहेका एमालेका १० सदस्य रहेका छन् । चौथो स्थानमा नेकपा एकीकृत समाजवादीका ८ सांसद छन् भने जसपाको एक सांसद छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter