बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनःलेखन गर्नुपर्छ

काठमाडौं, चैत १ गते। नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनः लेखन गर्न सुझाव दिनुभएको छ।

बिहीबार प्रतिनिधि सभा बैठकको बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई यस्तो सुझाव दिनुभएको हो।

उहाँले अर्थमन्त्री पुनलाई निः वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको प्रस्तावलाई सांसदमा भएको छलफल र सांसदको धारणाको आधारमा पूर्णरुपमा परिमार्जन गर्न आग्रह गर्नुभयो। उहाँले अघिल्ला अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई कानुनी र व्यवहारिक समस्याले संसदमा छलफल गर्नुपरेको बताउनुभयो।

उहाँले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने अर्थमन्त्री नभएपछि वर्तमान अर्थमन्त्रीले पुन बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न पाउनुपर्ने आशय व्यक्त गर्नुभयो।

पूर्व अर्थमन्त्री पौडेलले बजेटका सिद्धान्त र प्राथमिकतालाई देशका समस्या समाधान हुनेगरी परिवर्तन गर्न अर्थमन्त्रीलाई सुझाव दिनुभएको हो। उहाँले अघिल्ला अर्थमन्त्री महतले पेस गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता ‘शब्द र वाक्यको भिड मात्रै’ भएको धारणा राख्नुभयो।

पौडेलले यो सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रका कुनै समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभयो। उहाँले यो सिद्धान्त र प्राथमिकताको प्रस्तावमा छलफलले संसद्को समयलाई अपव्यय हुने बताउनुभयो। उहाँले यो बजेटका सिद्धान्त र प्राथमिकताले अर्थतन्त्रका कुनै पनि विषयलाई निर्देशित नगर्ने बताउनुभयो।

उहाँले प्रधानमन्त्रीले गठबन्धन फेर्नुपर्ने आवश्यकता बजेटको सिद्धान्त र प्राथमिकतामा नेपाली कांग्रेसले राखेको धारणाले पुष्टि गरेको बताउनुभयो। उहाँले कांग्रेसकै सांसदले समर्थन गर्न नसक्ने प्रस्तावले देशको समस्या समाधान गर्न नसक्ने बताउनुभयो। उहाँले पुनः लिखित सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार बनाउन पनि अर्थमन्त्रीलाई सुझाव दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter