• Tuesday, April 22, 2025

सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएकी एआईजीको सरुवा; रवि लामिछानेको काम हेर्नुपर्छ, राजनीतिक पूर्वाग्रह होइन

काठमाडौँ । सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रमुख एआईजी किरण बज्राचार्यको सरुवा भएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले उनको सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्य विभागमा सरुवा गरिएको जानकारी दिइन् ।

यस्तै उनको ठाउँमा प्रधान कार्यालयको कार्यविभागबाट श्यामलाल ज्ञवाली पठाउने निर्णय भएको शर्माले जानकारी दिइन् ।

बैठकले सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन गम्भीर रूपमा अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

अनुसन्धानमा त्रुटि गरेको भन्दै आयोगले सीआईबीका बज्राचार्यसहित चार जना अधिकृतलाई विभागीय कारबाही सिफारिस गरेको हो भने सुन तस्करीसँग जोडिएका अन्य ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआईबीको प्रमुख परिवर्तन, ज्ञवालीलाई दिइयो जिम्मेवारी

प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।

बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको जानकारी दिइन् ।

ज्ञवाली भने प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए ।

‘रवि लामिछानेको काम हेर्नुपर्छ, राजनीतिक पूर्वाग्रह होइन’

सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेको जिकिर गरेकी छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शर्माले लामिछानेको काम हेरेर मूल्यांकन गर्न प्रतिपक्षलाई सुझाव दिइन् ।

‘एउटा राजनीतिक पूर्वाग्रहको आधारमा होइन । काम हेर्नुपर्छ’, उनले भनिन्, ‘कोहीको कमजोरी भयो भने त स्वाभाविक ढंगले सरकार छाडेर जाने वा राजीनामा दिएर जाने स्थिति बन्छ ।’

तर, अहिले जुन ढंगले राजीनामा माग भइरहेको छ, यो राजनीतिक प्रतिशोध बाहेक अरू केही नभएको उनको भनाइ छ । यद्यपि मन्त्रिपरिषद् बैठकमै भने यस विषयमा कुनै छलफल नभएको उनले दाबी गरिन् ।

उनले सरकार संसद्लाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिपक्षी दलहरूले पनि आलोचना र समर्थन कामको आधारमा गर्नुपर्नेमा जोड दिइन् ।

उनले पूर्वाग्रह साँधेर संसद्लाई काम गर्न नसक्ने अवस्था पुर्‍याइन नहुने पनि धारणा राखिन् । आजै बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारी ठगीमा जोडिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै संसद् चल्न दिएको थिएन ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter