• Saturday, April 12, 2025

९८ प्रकारका औषधीको विवरण पेस गर्न विभागको अनुरोध

काठमाडौं, चैत १२ गते । औषधी व्यवस्था विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न अनुरोध गरेको छ ।

विभागकाले सूचना निकाल्दै आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० को उत्पादन तथा आयातको वार्षिक विवरण पेस गरी सहयोग गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।

विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका अत्यावश्यकीय औषधीहरूको बजार अवस्था अध्ययन गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।

विवरण सङ्कलनका लागि विभागले तयार गरेको प्रयोगकर्ता निर्देशिकाका आधारमा सूचना प्रकाशित मितिबाट ३० दिनभित्र अनिवार्य विवरण पेस गर्न अनुरोध गरेको छ । थप जानकारीका लागि विभागको औषधी मूल्याङ्कन तथा दर्ता महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter