• Saturday, April 12, 2025

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं, चैत १५ गते। काठमाडौँ महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ।

महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार शिक्षा नियमावली, २०५९ को नियम १५४ ९४० तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्दछ।

महानगर अन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीमा व्यवस्था भए बमोजिम भएको नदेखिएको विभागले जनाएको छ।

नियमावली बमोजिम विद्यालयको नामकरण गर्न प्रक्रिया अघि बढाइ एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित पेस गर्न विभागले जानकारी दिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter