• Saturday, April 12, 2025

नेपालगन्जमा दिसाजन्य लेदो व्यवस्थापन केन्द्र

सिराज खान / नेपालगन्ज, चैत १६ गते। नेपालगन्ज उपमहानगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापन केन्द्र सञ्चालनमा आएकोे छ। उपमहानगरको वडा नम्बर २० बाबाघाटमा निर्माण भएको दिसाजन्य लेदो व्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको हो।

नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट र एसएनभी नेपालकी वास लिडर नादिरा ख्वाजाले दिसाजन्य लेदो व्यवस्थापन अस्थायी क्षेत्रको संयुक्त रुपमा शुक्रबार उद्घाटन गर्नुभयो।

नेपालगन्ज उपमहानगरपालिकाको अनुरोधमा एसएनभी नेपालको स्वास्थ्य तथा विकासको लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत निर्मित सो अस्थायी ट्रेन्च केन्द्र उद्घाटनपछि उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ।

अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्न छुट्टै संयन्त्र बनाइने उपमहानगरपालिकाले जनाएको छ।

कार्यक्रममा नेपालगन्जका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, विपद् तथा वातावरण समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, वातावरण शाखा प्रमुख प्रकाश डिसी लगायतको उपस्थिति थियो।

सोे दिसाजन्य लेदो व्यवस्थापन केन्द्रको निर्माण २४ लाखको लागतमा गरिएको हो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter