• Saturday, April 12, 2025

फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैनः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, चैत १६ गते। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न नसक्ने बताउनुभएको छ। शुक्रबार फौजदारी न्यायको वर्तमान अवस्था, समस्या, चुनौती र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ भएको बताउनुभयो। उहाँले समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु राज्यको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले यसका लागि फौजदारी न्याय प्रणाली र फौजदारी न्याय प्रशासन चुस्त, दुरुस्त, प्रभावकारी एवं गुणस्तरीय हुनुपर्ने अपरिहार्य रहने बताउनुभयो। उहाँले फौजदारी न्यायको अवस्था वा स्तरले मुलुकको समग्र न्याय प्रणालीको दृष्टिकोण निर्माण गर्ने बताउनुभयो।

उहाँले फौजदारी न्याय प्रणाली विभिन्न निकायको विनियोजन मात्रै नभइ सिद्धान्त, पद्धति र मूल्य मान्यताको संयोजन पनि भएको दाबी गर्नुभयो। उहाँले फौजदारी न्यायका महत्वपूर्ण स्तम्भका रुपमा कानुन कार्यान्वयन, न्याय निरुपण तथा सुधार र पुनःस्थापनासँग सम्बन्धित निकायहरु रहने र ति निकायहरुको क्रियाशिलता, प्रभावकारीता र आपसी सहयोग तथा समन्वयबाट नै फौजदारी न्याय प्रणाली जीवन्त बन्ने बताउनुभयो।

प्रधानन्यायाधीश श्रेष्ठले फौजदारी न्याय प्रशासनका महत्वपूर्ण आयाम अनुसन्धान, अभियोजन, प्रतिरक्षा तथा न्याय निरुपणसँग सम्बन्धित निकायहरुको कार्यगत सम्बन्ध, आपसी समन्वय र सहकार्य बिना सुदृढ र सक्षम न्यायको गन्तव्य भेट्टाउन सकिने बताउनुभयो ।

फौजदारी न्याय प्रणाली र प्रशासनको क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको बताउनुभयो। उहाँले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीका आधारशीला भएकाले वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ठ अभियोजनले नै फौजदारी न्यायलाई सही गन्तव्य प्रदान गर्ने बताउनुभयो। सर्वोच्च अदालतले फौजदारी न्याय प्रणालीको सुदृढिकरणको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter