• Saturday, April 12, 2025

परिवर्तन खोजेको इलाममा घण्टी बजिसक्यो : सभापति लामिछाने; आगामी उपनिर्वाचनमा एमालेले जित्छ : अध्यक्ष ओली

इलाम, चैत १७ गते। आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ।

शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरेर उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको हो।

पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेता इलाम पुगेर उम्मेदवार सार्वजनिक गर्नुभयो।

कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गर्नुभयो। उहाँले परिवर्तनको घण्टी बजिसकेको बताउनुभयो।

उहाँले इलामले परिवर्तन खोजेको बताउनुभयो।

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताउनुभएको हो। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराउनुभयो।

उहाँले भन्नुभयो, ‘‘विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्रा विरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरू सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नुपरेको थियो। त्यो समयमा पराजयको पीडा व्यहोर्नु परेको थियो। यस पल्ट हामी त्यो पीडालाई सुखद् परिणामतर्फ रूपान्तरित गर्न चाहन्छौँ। यस पटक हामी हार्दैनौँ। यस पटक हामी जित्छौँ। यस पल्ट हामीले हार्नै मिल्दैन।”

अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter