• Tuesday, April 15, 2025

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो, ८ महिनामा ४ लाख ६८ हजार नेपाली बिदेसिए

काठमाडौँ , चैत १९ गते । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा घटेको देखिएको हो ।

गत साउनदेखि फागुन मसान्तसम्ममा चार लाख ६८ हजार १३५ जना नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्याङ्क अनुसार गत साउनमा ५५ हजार ५७५ नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका थिए । जसमा पुनः श्रम स्वीकृति लिएकाहरूको तथ्याङ्क समावेश गरिएको छ ।

त्यस्तै भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार, २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएको विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको साउददेखि फागुनसम्म ८ महिनामा पाँच लाख ४० हजार ६७५ जना नेपाली विदेश गएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा ७२ हजार ५४० जना कम हो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter