• Tuesday, April 15, 2025

आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्ने ढंगले ठमेल २४ घण्टा खुल्छ

काठमाडौं, चैत २३ गते। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा २४ घण्टा व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्नेगरी गर्ने लागेको दाबी गर्नुभएको छ।

शुक्रबार रात्रिकालीन व्यवसाय सञ्चालन सरोकारवाला निकायसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो।उहाँले सरकारले रात्रिकालीन व्यवसाय स्थानीय र व्यवासायीको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई वेवस्था गर्ने गरी नजाने बताउनुभयो।उहाँले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पार्नुभयो।

स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उहाँको भनाइ छ।गृहमन्त्री लामिछानेले धेरै मानिस सहमत भएका आधारमा कम मत भएकाको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताउनुभयो।

उहाँले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक हुने बताउनुभयो।उहाँले २४ सै घण्टा सहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताउनुभयो।

पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो।उहाँले ठमेलको हकमा दुईवटा कुरा रहेको बताउनुभयो।उहाँले व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गर्नुभयो।

‘‘ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक छ।२४ घण्टा सहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुन्छ।पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोबास गर्नेको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुन्छ।ठमेलको हकमा दुईवटा कुरा छन्।आमाको निन्द्रा र छोराको सपना।आमाको निन्द्रा र छोराको सपना पनि आयो।सरकारको प्रयास ठमेलमा रात्रिकालीन व्यवसाय आमाको निन्द्रा पनि जोगाउने र छोराको सपना पनि पूरा गर्ने हो।व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालेको हो।सहरमा राति पेट्रोल हाल्ने ठाउँ थिएन।म आएपछि प्रहरीका पेट्रोल पम्प खुला गरेका छौं ।’’

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीकोमा गएर खाना नखान निर्देशन दिनुभयो।उहाँले कुनै बाहनामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसर, कर्मचारीलाई एक छाक पनि खुवाउनु नपर्ने बताउनुभयो।

उहाँले प्रहरीले आफ्नै खाना खाने भन्दै प्रहरीलाई खाना खुवाउने, राख्ने र उपहार दिने व्यवासायीले गरे व्यवसायमा ताला लाग्ने चेतावनी दिनुभयो।उहाँले त्यो लोभ प्रहरीले नराख्ने दाबी गर्नुभयो।

गृहमन्त्री लामिछानेले व्यवसायीले प्रहरीसँग सम्बन्ध बढाउने काम गर्नुनपर्ने भन्दै व्यवसायको सुरक्षा प्रहरीेले भन्दा पनि सुरक्षा नीतिले गर्ने बताउनुभयो।गृहमन्त्रालयको नीति व्यवसायीलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने भएको दाबी थियो।उहाँले व्यवसायीले कुनै प्रहरी अफिसरको चाकडी गर्नुनपर्ने भन्दै वर्तमान सरकार त्यो फेवर भन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्न लागेको उल्लेख गर्नुभयो।

उहाँले सरकारको ध्यान श्रम गरिरहेका श्रमिकहरुको श्रम शोषण, महिला दिदी बहिनी सुरक्षित छन् वा छैनन्, कम उमेरका बालबालिकाले त्यहाँ लागूपदार्थ दुव्र्यसनमा भए/नभएको विषयमा ध्यान जाने बताउनुभयो।उहाँले लागूपदार्थ दुव्र्यसनीको कार्य भएको पाइए प्रहरीलाई पसल व्यवसायमा सिल लगाउने अधिकार दिने बताउनुभयो।उहाँले लागूऔषधको अखडा, विभिन्न यौन हिंसा, महिलामाथि दुर्व्यवहार भएको सहरको सरकारले परिकल्पना नगरेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले ठमेल लगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनामा गृह मन्त्रालयले एक्सन प्लान बनाइरहेको बताउनुभयो।प्रहरीले आजै देशभर गुण्डागर्दी गर्नेको नाम लिस्ट लिने बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter