• Tuesday, April 15, 2025

मतदानको अधिकार उपयोग गर्न आग्रह

इलाम, चैत २९ गते । आगामी वैशाख १५ मा हुन लागेको इलाम–२ को उपनिर्वाचनमा सबै मतदातालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरोकारवाला पक्षसँग अधिकारकर्मीले आग्रह गरेका छन् ।

उपनिर्वाचनको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश र नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजनामा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सो आग्रह गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घका प्रतिनिधि प्रकाश चापागाईँले यो निर्वाचनमा करिब दुई हजार मतदाता अपाङ्गताको स्थितिमा रहेको बताउनुभयो । चापागाईँले यी सबै मतदाताले आफैँ मत खसाल्न सक्ने अवस्था नरहेको भन्दै इच्छाएको व्यक्तिलाई मत खसाल्न दिनुपर्ने पहिलो आवश्यकता रहेको बताउनुभयो ।

‘अघिल्ला निर्वाचनमा अपाङ्गतामैत्री मतदान केन्द्र नभएकाले अपाङ्गता भएका व्यक्तिलाई समस्या भएको थियो । यो पटक निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयले विशेष ध्यान दिन जरुरी छ ।’ चापागाईँले भन्नुभयो, ‘मतदान केन्द्रभित्र जहाँसम्म पुग्न सक्छन् यस्ता अशक्त, अपाङ्गता भएका व्यक्तिलाई मतदान अधिकृत त्यहीँ आएर मत खसाल्न दिने व्यवस्था मिलाउन सक्नुपर्छ ।’

जिल्ला बार एसोसिएसन इलामका अध्यक्ष तारानाथ पराजुलीले निर्वाचन आयोगले मात्र नभएर दलहरू आफैँले मतदाता शिक्षा दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा मानव अधिकार मञ्चका निर्देशक देवेन्द्र विश्वकर्माले यो निर्वाचनमा बालबालिका प्रयोगलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने बताउनुभयो । ‘यस पटक पनि मनोनयन गर्दै बालबालिकाको प्रयोग गरेको देखियो । कुनै पनि ढङ्गले कतै पनि बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने दलहरूले बुझ्न सक्नुपर्छ’ विश्वकर्माले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ इलाम शाखाका सचिव भीम चापागाईँले मतदान केन्द्र र मतगणनामा समेत सञ्चारकर्मी र पर्यवेक्षकलाई आवश्यक पर्ने सूचना पाउन र आवश्यक फोटो खिच्न सहज बनाइनु पर्ने बताउनुभयो ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष उदय राई, नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी, राप्रपाका प्रवक्ता गोपाल पौड्याललगायतले आउँदो निर्वाचनलाई आफ्ना पार्टीको तर्फबाट सभ्य ढङ्गले सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter