• Tuesday, June 10, 2025

नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ

काठमाडौँ, वैशाख १० गते । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि २०२६ मार्चसम्म सञ्चालन हुनेछ । विपदको समयमा नसर्ने रोग लागेका व्यक्तिसम्म पहुँच बढाउने र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले सो परियोजना सुरु गरेको हो ।

सोसाइटीद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विपदका बेलामा आकस्मिक सेवालाई मात्रै प्राथमिकता दिइने र नसर्ने रोगहरुलाई महत्व नदिइने गरेको सन्दर्भमा जाजरकोट भूकम्पमा भने यी दुवै विषयलाई सँगसँगै लगिएको बताउनुभयो । मन्त्रालयअन्तर्गतको स्वास्थ्य समन्वय महाशाखाका डा.समिर अधिकारीले मानसिक स्वास्थ्य र नसर्ने रोगहरु नेपालका लागि समस्याका रुपमा रहेको छ भन्नुभयो ।

डेनिस रेडक्रसका ‘कन्ट्री क्लस्टर’ प्रतिनिधि डेभिड फोगडेन र डेनिस रेडक्रस कन्सुलेट कार्यालयका हरि धरेलले परियोजनाको सफल कार्यान्वयका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा.मेघनाथ धिमाल र विश्वस्वास्थ्य संगठनका प्रतिनिधि डा.ग्याम्पो दोर्जीले नेपालमा नसर्ने रोगहरुको अवस्था र जोखिमका तत्वहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका डा.रइस पोखरेलले नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रमका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठ, कञ्चनपुर जनस्वास्थ्य कार्यालयका सिद्धराज भट्ट, काठमाडौं विश्वविद्यालयका बन्दना पनेरु, नेपाल डेभलपमेन्ट सोसाइटीका कार्यकारी निर्देशक स्वेता कोइरालालगायतले नसर्ने रोगहरुको अवस्था र चुनौतीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रसका अध्यक्ष प्रा.सुदर्शन नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले नसर्ने रोगहरुसम्बन्धी नवीनतम परियोजनाको शुभारम्भ आफैँमा महत्वपूर्ण भएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter