सरकारी विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन

अविनाश चौधरी / धनगढी, वैशाख ११ गते। कैलालीको ग्रामीण भेगमा रहेको एक सरकारी विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु भएको छ।धनगढी उपमहानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले १ देखि १० कक्षासम्म स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरेको हो। सो विद्यालयलाई धनगढी उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा गरेको छ।

सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन स्मार्ट बोर्ड प्रयोगमा ल्याइएको जनाइएको छ।स्मार्ट बोर्डको प्रयोगबाट पठनपाठन गर्न सहज भएको विद्यालयका शिक्षक तेजराज भट्टले बताउनुभयो।

उहाँले शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीलाई बुझ्न स्मार्टबोर्ड निकै उपयोगी रहेको उल्लेख गर्नुभयो।“स्मार्टबोर्ड जडानपछि हामीलाई पढाउन र कुरा बुझाउन निकै सहज भएको छ।विद्यार्थीले पनि शिक्षण सिकाइ क्रियाकलापमा रुचि देखाएका छन्,“ उहाँले भन्नुभयो,“स्मार्टबोर्डले गर्दा कुनै कक्षामा शिक्षक नभएको अवस्थामा पनि विद्यार्थीले पढ्न र अभ्यास गर्न पाउने वातावरण बनेको छ ।”

सरकारी विद्यालयप्रतिको धारणामा परिवर्तन ल्याउन नमुना विद्यालयमा आधुनिक शैक्षिक सामग्री, भवन, फर्निचर र आवश्यक सबै सुविधा उपलब्ध गराउने धनगढी उपमहानगरपालिकाको योजना रहेको नगर प्रमुख गोपाल हमालले बताउनुभयो।

धनगढी उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा गरेका पाँच विद्यालयलाई १० वटा दरले ५० वटा स्मार्ट बोर्ड वितरण गरेको छ।सिद्धनाथबाट स्मार्ट बोर्डमा पठनपाठनको सुरुवात गरिएको हो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter