• Saturday, June 14, 2025

दलको सदस्यबाट धमाधम राजीनामा दिँदै शिक्षकहरू

काठमाडौँ, वैशाख १७ गते । विभिन्न राजनीतिक दलको सदस्य रहेका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गरिरहेकाे शिक्षकहरूले विभिन्न राजनीतिक दलको सदस्यबाट राजीनामा दिन थालेका हुन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठले २०८१ वैशाख ४ गते मन्त्रीस्तरीय निर्णयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई दलको सदस्य भएको खण्डमा कारबाही गर्ने निर्णय गरेकी थिइन् । मन्त्रीस्तरीय निर्णयपछि राजनीतिक दलको सदस्यता लिने, कार्यकारी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य गर्ने शिक्षकमाथि कारबाही गर्न भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई परिपत्र गरिएको थियो ।

मन्त्रालयबाट केन्द्रलाई परिपत्र गरेसँगै केन्द्रले देशभरका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको थियो । इकाईहरूले समेत सामुदायिक विद्यालयहरूलाई सार्वजनिक सूचना जारी गर्दै राजनीतिक दलको सदस्यता लिने, कार्यकारी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य नगर्न/नगराउन भनेका छन् ।

इकाईहरूले सार्वजनिक सूचना जारी गरेसँगै त्यस्ता शिक्षकहरूले राजीनामा दिन थालेका हुन् । बाग्लुङमा नेपाली कांग्रेस वडा उपसभापति रहेका शिक्षकले राजीनामा दिएका छन् । गलकोट नगरपालिका वडा नम्बर ३ नेपाली कांग्रेस उपसभापति गुनबहादुर खत्रीले उपसभापति पदबाट राजीनामा दिएका हुन् ।

उनले वडा कार्य समिति सभापतिलाई पत्र लेख्दै राजीनामा बुझाएका हुन् । उनी धवलागिरि आधारभूत विद्यालयका स्थायी शिक्षक हुन् । त्यस्तै उनी विगतदेखि नै नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिई नेपाली कांग्रेस वडा नम्बर ३ वडा कार्य समितिको उपसभापति पदमा थिए । उनले उपसभापतिको जिम्मेवारी तथा नेपाली कांग्रेसको क्रियाशील सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

त्यस्तै कपिलवस्तुमा समेत शिक्षकहरूले दलको सदस्यबाट राजीनामा दिन थालेका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र कार्यरत ६० भन्दा बढी शिक्षकहरूले आफू कुनै दलको सदस्य नरहेको जानकारी गराएका छन् । शिक्षा शाखा प्रमुख दिनेश चौधरीले कुनै पनि दलमा आबद्धता नरहेको जानकारीसहित ६० भन्दा बढी शिक्षकहरूले निवेदन दिएको बताए । कपिलवस्तुको बाँणगंगा नगरपालिकाका एक शिक्षकले दलको सदस्यता त्यागेका छन् । नवराज बेलबासेले दलको सदस्यता त्यागेको जानकारी गराएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter