• Saturday, April 12, 2025

शीर्ष नेताको बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल : काँग्रेस सकारात्मक

काठमाडौँ, जेठ ११ गते। शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो।

छलफलपछि बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले छलफल सकारात्मक रहेको बताउनुभयो। उहाँले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल भएको र काँग्रेसको प्रस्तावअनुसार व्यक्तिको नाम भने किटान नगरी संस्थाको नाम राखेर अघि बढ्न सकिने गरी छलफल भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘हामीले संसद गतिरोध अन्त्य गर्ने सम्बन्धमा विशेष गरी क्षेत्राधिकार निर्माणका केही कामहरु गरिरहेका थियौँ। शीर्ष नेताहरुलाई पनि केही विषयहरु जानकारी गराउनुपर्ने थियो। कार्यदलमा रहेका नेपाली काँग्रेसका सदस्यले जे प्रस्ताव ल्याउनुभएको छ, त्यस सन्दर्भमा नेपाली काँग्रेसका शीर्ष नेताहरुको बिचमा र सत्ता पक्षको बिचमा एउटा छलफल गर्दा उपयुक्त हुन्छ भनेर बैठक बसेका हौँ। बैठक सकारात्मक छ। हाउसको गतिरोध अन्त्य गर्न टिओआर निर्माण गर्न कठिनाइ भइरहेको छ, यसमा सहजीकरण आफ्नो आफ्नो तरिकाबाट गर्ने भन्ने छ। सत्ता पक्षबाट लचकता भएको छ। व्यक्तिको नाम किटान गर्ने कुरा सम्भव हुँदैन। अरु विषयमा संसदीय गरिमा कायम राख्ने गरी भुमिका निर्वाह गर्न आग्रह गरेका छौँ।’’

प्रमुख सचेतक बर्तौलाले काँग्रेस आजको बैठकबाट सकारात्मक रुपमा बाहिरिएको बताउनुभयो। उहाँले शनिवार ३ बजे बस्ने बैठकमा काँग्रेस सकारात्मक भएर आउने विश्वास रहेको बताउनुभयो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, काँग्रेस महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक महेश बर्तौलालगायत उपस्थित हुनुहुन्थ्यो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter