• Saturday, April 12, 2025

शल्यक्रिया गर्न एक हप्तादेखि दुई वर्षसम्म पालो कुर्न बाध्य बिरामी

काठमाडौं, जेठ १४ गते । नेपालका ठुला सरकारी अस्पतालमा सानोदेखि ठुलो शल्यक्रिया गर्नुपर्दा बिरामी एक हप्तादेखि दुई वर्षसम्म लाइन बस्न बाध्य छन् ।

महालेखा परीक्षणको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले देशका ठुला अस्पतालमा सामानयदेखि जटिल प्रकारको शल्यक्रिया गर्दा बिरामीले एक हप्तादेखि दुई वर्षसम्म बिरामी पालो कुर्नुपर्ने देखिएको हो ।

वीर अस्पताल
वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि एक हप्तादेखि तीन महिनासम्म, क्यान्सर तथा अन्य उपचारका लागि छ हप्ता, ट्युमर दुई हप्ता, इण्डोस्कोपी तीन हप्ता र युरोलोजी कस्मेटिक सर्जरी एक वर्षसम्म बिरामी पालो कुर्न बाध्य छन् । साथै चिकित्सकबाट लेखिएको औषधी फार्मेसीमा नपाइने उक्त प्रतिवेदनले देखाएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
बिरामी परीक्षण गर्न तीनदेखि ६ घण्टा प्रतीक्षा गर्नुपर्ने देखिएको छ । अस्पतालमा दुरबिनको सहायताले गर्ने शल्यक्रियाका लागि दुई महिना, यूरो सर्जरी गर्न चार हप्ता, नाक कानको शल्यक्रिया गर्न १२ हप्ता, नयाँ हेमोडाइलासिस सेवाका लागि चारदेखि पाँच महिना, ईन्डोस्कोपी गर्न एक हप्ता समय प्रतीक्षा गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालमा मेसिन उपकरणको अभावका कारण मिर्गौला ट्रन्सप्लान्ट, मुटुको जटिल शल्यक्रिया, विशेष चिकित्सकबााट गरीने ट्रमा सम्बन्धी उपचार, डेन्टल इम्प्लान्ट सेवा, थोरासिक उपचार सेवा, काडियाक भास्कुलर सेवा लगायतका सेवाहरु उपलब्ध हुन सकेको देखिर्दैन ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिसका लागि करिब सात सय बिरामी प्रतिक्षारत रहेको र बिरामीले सेवा लिन छ महिनादेखि एक वर्षसम्म पालो कुर्न बाध्य रहेका छन् ।

केन्द्रले भौतिक पूर्वाधारको विकास र आवश्यक जनशक्ति एवम् डायलासिस मेसिन व्यवस्था गरी सेवा प्रवाह प्रभावकारी बनाउन आग्रह गरेको छ ।

भरतपुर अस्पताल
भरतपुर अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको कमीका कारण पत्थरी, हर्निया, टूयुमरलगायतको शल्यक्रियामा कम्तिमा तीन महिना पर्खिनुपर्ने अवस्था छ । अस्पतालमा एमआर आई मेसिन, क्याथल्याब, मेसिन नभउको कारण बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको छ ।

कान्तिबाल अस्पताल
कान्तिबाल अस्पतालमा चिकितसकको सेवा लिन कम्तीमा दुईदेखि तीन घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको छ ।

त्यस्तै, हाइड्रोशिलको शल्यक्रिया गर्न छ महिनादेखि दुई वर्ष, सामान्य शल्यक्रिया गर्न तीन महिनादेखि एक वर्ष, जटिल शल्यक्रिया गर्न छ महिनादेखि दुई वर्षसम्म पातो कुर्न बिरामी बाध्य छन् ।

अस्पतालमा तीन वटा शल्य चिकित्सा कक्ष रहेकोमा दुईवटा चालु अवस्थामा छन् । अस्पतालमा ३३ शय्याको आईसीयु र ३० शय्याको सर्जिकल वार्ड भए तापनि आईसीयू सेवा आवश्यक पर्ने बिरामीलाई शय्या अभावका कारण अन्यत्र प्रेषण गर्नुपर्ने अवस्था छ ।

उक्त समस्या समाधान गरी गुणस्तरीय सेवा प्रदान गर्न र अस्पतालको सेवालाई प्रभावकारी बनाई बढी समय प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त गर्न महालेखा परीक्षणको सुझाव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter