पशुपति क्षेत्रको गुरु योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने

काठमाडौँ, जेठ १७ गते । पशुपति क्षेत्रको गुरु योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने भएको छ । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पशुपति क्षेत्रको गुरु योजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट पारित भएको थियो ।

कोष सञ्चालक परिषद्को हालै सम्पन्न बैठकमा मन्त्री हितबहादुर तामाङले दक्षिण एसिया र विश्वका विभिन्न देशबाट आउने हिन्दु धर्मावलम्बीलाई पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने योजनाका साथ व्यवस्थापकीय पक्षमा नवीनतम कार्यक्रम ल्याइने विषय हालको गुरु योजनामा समावेश भएको बताउनुभयो ।

“धार्मिक पर्यटकलाई आकर्षित गर्न पशुपति क्षेत्रलाई व्यवस्थित गरिन्छ । अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो । त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न पाउने व्यवस्था मिलाउँदै छौँ”, उहाँले भन्नुभयो । मन्त्री तामाङले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पशुपति क्षेत्रको गुरु योजना तयार गरिएको बताउनुभयो । गुरु योजना अध्ययन गर्दै क्रमशः कार्यान्वयन गर्दै लैजाने उहाँले उल्लेख गर्नुभयो ।

“कतिपय काम विगतको निर्णयका आधारमा क्रमिक रूपमा अघि बढाउनुपर्ने हुन्छ । कतिपय नीतिगत पक्षमा सुधारमार्फत अघि बढाउनुपर्ने छ”, उहाँले भन्नुभयो । कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले प्रत्येक दर्शनार्थीलाई व्यवस्थित रूपबाट पशुपतिनाथको दर्शन गराउन सक्ने गरी व्यवस्था मिलाउने मन्दिर तथा पूजा व्यवस्था नियमावली अनुसार निर्णय गरिएको बताउनुभयो । पशुपतिका प्रत्येक दर्शनार्थीलाई मन्दिरमा अभिषेक गरिएको जल निःशुल्क दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter