• Saturday, April 05, 2025

‘श्रमाधान मेलाले लाखौं युवा श्रमिकलाई रोजगार बनाउँछ’

काठमाडौं, जेठ १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलाले लाखौं युवा जनशक्तिलाई रोजगार र त्यसबारे ज्ञान प्रदान गर्ने बताउनुभएको छ ।

गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको अवलोकनपछि उहाँले सो कुरा बताउनुभएको हो । “पर्याप्त तथ्याङ्कको अभावमा योजना कार्यान्वयन गर्न कठिन हुन्छ, यो श्रमाधान मेलाले श्रमिकको तथ्याङ्क आउने र आगामी वर्षमा थप राम्रो योजना बनाएर बेरोजगारी समस्या समाधान गर्न सक्छौं भन्ने हाम्रो बुझाइ छ” उहाँले भन्नुभयो ।

यो मेला सात वटै प्रदेशमा चल्ने बताउँदै मन्त्री अर्यालले भन्नुभयो, “यो मेलामा सहभागी हुने श्रमिकले ज्ञान लिएर सानातिना रोजगार आफै सिर्जना गर्न सक्ने सक्षम हुनुहुनेछ ।” रोजगारदाता कम्पनीले स्किल्ड जनशक्ति खोज्ने हुनाले यो मेलाले त्यसमा पनि भूमिका खेल्ने उहाँले बताउनुभयो ।

नेपालमा भएका उद्योग, कलकारखाना बारेमा युवा जनशक्तिलाई शिक्षा दिन अझै नसकिएको चर्चा गर्नुहुँदै मन्त्री अर्यालले श्रमाधान मेलाले त्यसबारेमा पर्याप्त सन्देश प्रवाह गर्ने बताउनुभयो ।

सानो लगानीमा मेलाले ठूलो काम गर्ने उहाँले बताउनुभयो तर बजेटबारेमा अन्तिममा मात्र सार्वजनिक गरिने उहाँको भनाइ छ ।

सङ्घीय सरकार र प्रदेश सरकारको सहयोग मेलामा रहने उहाँले बताउनुभयो । मेलाबारे देशभरका सबै पालिकामा सूचना प्रवाह गरिएको उहाँले बताउनुभयो ।

श्रमाधान मेलामा सहभागी हुने युवा श्रमिकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा पनि काम पाउने मन्त्री अर्यालले बताउनुभयो । सय दिनको रोजगारी प्राप्त भएपछि श्रमिकहरु आफै स्वरोजगारीको व्यवस्थापन गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“बढीभन्दा बढी सीप सिकाएर श्रमिकलाई आत्मनिर्भर बनाउनु नै यो श्रमाधान मेलाको प्रमुख उद्देश्य हो”, मन्त्री अर्यालले भन्नुभयो । शनिबारदेखि मधेस प्रदेशमा मेला सुरु हुने उहाँले जानकारी दिनुभयो । यसबारेमा मिडियाले सूचना प्रवाह गरिनिुपर्ने उहाँले आग्रह गर्नुभयो ।

सरकारले कोशी प्रदेशका विराटनगरबाट श्रमाधान मेलाको सुभारम्भ गरेको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो । मन्त्री अर्यालका अनुसार मेला क्रमशः सातै प्रदेशमा आयोजना हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter