• Tuesday, June 10, 2025

विपद‍्मा नागरिकको ज्यान जोगाउन नीति, नियम र कार्यविधिले नरोकोस् : गृहमन्त्री लामिछाने

काठमाडौं, जेठ २१ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्को समयमा नीतिगत कुराहरूलाई देखाएर काम नरोक्न निर्देशन दिएका छन् ।

सोमबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औँ बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीतिगत कुराहरूमा समस्या देखाउँदै विपद् व्यवस्थापन सम्बन्धी काम नरोक्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।

उनले नीतिगत समस्या भएमा आफूलाई जेठ महिनाको अन्त्यसम्ममा जानकारी गराउन आग्रह गरे । विपद् व्यवस्थापनको सम्बन्धमा देखापर्ने नीतिगत समस्याहरूलाई छिटोभन्दा छिटो समाधान गर्न आफू तयार रहेको उनको भनाई छ ।

मन्त्री लामिछानेले विपद्को बेलामा नागरिकको ज्यान जोगाउने कुरा महत्त्वपूर्ण हुने भन्दै नीति, नियम र कार्यविधिहरूले स्रोत, साधनलाई परिचालन गर्न रोक्नु नहुने बताए । उनले आपत् परेको बेलामा यो वा त्यो प्रक्रियाले दिएन भनेर कुनैपनि काम रोकिनु नहुने भन्दै अझ छिटो गर्न सकिने ठाउँ हेरेर काम गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले स्थानीय तहको वित्तीय समानीकरणको अनुदान रकम काटिँदा स्थानीय तहलाई काम गर्न समस्या परेको भन्दै यसतर्फ सरकारले ध्यान पुर्‍याउनुपर्ने बताए । उनले यसमा आफूले खेल्नुपर्ने भूमिका खेल्ने पनि बताए । उनले स्थानीय तहहरूले पनि विपद् व्यवस्थापनका लागि पैसा राख्नुपर्ने बताए ।

मन्त्री जोशीले विपद् व्यवस्थापनका सन्दर्भमा आफ्नो मन्त्रालयले पाउने जिम्मेवारी तथा भूमिकालाई निर्वाह गर्ने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter