• Friday, May 23, 2025

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान; गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

काठमाडौँ, असार १८ गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ।

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो।

साथै बैठकले संविधानको धारा ७६ (२) बमोजिम सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनुरोध गरेको छ।

पार्टी सचिव योगेश भट्टराईका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बिच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिको बैठकले स्वागत गरेको छ। साथै बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका निम्ति बुधबारसम्ममा मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले)ले सहकार्य गरेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटमा उहाँले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताउनुभयो । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरुसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक अस्थितरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल सुरु भएको छ, त्यसलाई बहृत छलफल गरी निष्कर्षमा पुउनुपर्ने आवश्यकता छ । संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरुबिच सहकार्य जारी राख्नुपर्छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter