• Friday, June 13, 2025

सरकारले उच्च मनोबलका साथ कूटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, साउन ९ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।

बुधबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने तर्क गरे । परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उनले त्यसैलाई अवलम्बन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष नेपालले अरूले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरूको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो बलियो बनाउन सक्नुपर्ने बताए ।

अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरूलाई सहज हुनेगरी कूटनीतिक नियोगहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter