• Friday, May 23, 2025

लाइसेन्स तीन सिफ्टमा २४ सैँ घण्टा छापिँदै

लक्ष्मण दर्नाल / काठमाडौँ, साउन १० गते। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तीन सिफ्टमा २४ सैँ घण्टा छाप्ने काम भइरहेको छ। छाप्न बाँकी सङ्ख्या १६ लाखभन्दा बढी भएपछि तीन सिफ्टमा छाप्न सुरु गरेको हो। छपाई कार्ड नभएर १० महिना रोकिएको छपाई कार्य जेठको दोस्रो हप्तादेखि सुरु भएको हो।

जेठदेखि हालसम्म दुई लाखप्रति छापिएको विभागले जनाएको छ। १४ घण्टामा जम्मा पाँच हजारदेखि ५२ सय प्रति लाइसेन्स छापिएको विभागमा प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिनुभयो। महिनामा एक लाख पचास हजार प्रति लाइसेन्स छापिन्छ। हाल २०७९ साउनदेखि छाप्न बाँकी रहेका कार्ड छापिएका छन्।

प्रवक्ता पनेरुले भन्नुभयो, “अहिले तीन सिफ्टमा २४ सैँ घण्टा छापिएको छ। महिनामा डेढ लाख प्रतिसम्म छापिन्छ आजमात्रै राप्तीको यातायात कार्यालयमा वितरणका लागि ४९ हजारप्रति लाइसेन्स पठाएका छौँ।” सुदूरपश्चिम र कर्णालीका यातायात कार्यालयका २०८० पुस १५ सम्मका छापिएको छ।

विभागले गत माघमा जर्मनीबाट छ लाखप्रति कार्ड ल्याएको थियो। दैनिक माग र प्रिन्टको सङ्ख्या बराबर जस्तो भएकाले बाँकी रहेको प्रिन्टको व्यवस्थापन भने चुनौतीपूर्ण रहेको विभागले जनाएको छ। पनेरुले भन्नुभयो, “यस वर्ष अर्को मेसिन किन्ने टेन्डर रद्ध भयो। आगामी आर्थिक वर्षमा हुनसक्छ। प्रदेश सरकारले पनि प्रदेशमै प्रिन्ट गर्ने योजना अघि सारेका छन्। यी काम भएमा बाँकी रहने समस्या हल हुनसक्छ।”

थप मेसिन नल्याउँदासम्म र प्रदेश सरकारबाट छपाएको काम सुरु नहुँदासम्म समस्याको समाधान सहजै हुन नसक्ने विभागको दाबी छ। लाइसेन्स नवीकरण, हराएको र नयाँ गरी हाल दैनिक चार हजारप्रति लाइसेन्सको माग छ।

२०७२ सालमा स्मार्ट लाइसेन्स लागु भएपछि छपाइमा ढिलासुस्ती हुँदै आएको हो। परीक्षा पास गरेपछि कम्तीमा दुई वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता छ। विभागले श्रम, अध्ययनका लागि विदेश जाने र शान्ति मिसनमा जाने सुरक्षाकर्मीलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराउँदै आएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter