• Tuesday, April 15, 2025

‘निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ’: प्रधानमन्त्री ओली ; पूर्वाधार मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, भदौ २७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताउनुभएको छ।

नेपाल उद्योग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको स्पष्ट गर्नुभयो।

“पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो। यस तथ्यलाई मनन् गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातेमालो र सकारात्मक साथको अपेक्षा हामीले गरेका छौँ। ”

प्रधानमन्त्री ओलीले कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने अवगत गराउनुभयो।

पूर्वाधार मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको बताउनुभएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर समिट–२०२४ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो धारणा राख्नुभएको हो । उहाँले यस कार्यक्रमले मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको पूर्वाधार क्षेत्रको विकासका विभिन्न आयामहरूमा छलफल गर्न अन्तरसम्बन्धित क्षेत्रका व्यक्तित्वहरू, नीति निर्माताहरू, विज्ञहरू र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पक्कै पनि यो सम्मेलनले एक्काइसौँ शताब्दीको आवश्यकता अनुरूपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्ग चित्र कोर्न ठोस योगदान गर्ने मैले विश्वास लिएको छु। समस्त नेपाली आकाङ्क्षा “समृद्ध नेपाल र सुखी नेपाली” हो। सरकार यही नेपाली आकाङ्क्षा साकार पार्न अनवरत लागिरहेको छ। समृद्ध नेपाल निर्माणको मूल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो ।’’

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter