किसानलाई १२ लाख प्रोत्साहन रकम प्रदान

लीलाधर वली / घोराही, असोज ८ गते । दाङको राप्ती गाउँपालिकाले दुध उत्पादक किसानलाई १२ लाख बढी प्रोत्साहन स्वरूप रकम प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा एक सय ५१ जना किसानलाई १२ लाख २९ हजार रुपियाँ प्रदान गरेको हो ।

गाउँपालिकाले प्रतिलिटर चार रुपियाँका दरले तीन लाख पाँच हजार लिटर दुधमा प्रोत्साहन रकम प्रदान गरेको राप्ती गाउँपालिकाका पशु तथा मत्स्य विकास शाखाका अधिकृत दामोदर आचार्यले जानकारी दिनुभएको छ । शाखा अधिकृत आचार्यका अनुसार पालिकामा रहेका १२ वटा निजी डेरी र १२ वटा व्यवसायिक फर्ममार्फत किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको हो ।

पालिकाले दुध उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई वर्षदेखि किसानलाई अनुदान दिन थालेको छ । प्रोत्साहन रकम प्रदान गर्नका लागि पालिकाले कार्यविधि बनाएको छ । रकम प्रदान गर्नका लागि पालिकाले अनुगमन गरेर वास्तविक कृषक पहिचान गरेपछि मात्रै रकम दिने गरेको शाखा अधिकृत आचार्य बताउनुहुन्छ । स्थानीय तहबाट दुध उत्पादक किसानलाई प्रोत्साहन रकम प्रदान गर्ने राप्ती गाउँपालिका पहिलो हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा प्रति लिटर २ रुपियाँ प्रदान गर्ने गरिएको थियो । उक्त कार्यबाट किसान प्रभावित हुने देखिएपछि प्रोत्साहन रकम बढाइएको भन्दै शाखा अधिकृत आचार्य भन्नुहुन्छ, “किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रकम वृद्धि गरिएको हो । वास्तविक किसानलाई सहयोग पुगेको छ ।” पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने उद्देश्यले अनुदान दिन थालेको गाउँपालिकाले जनाएको छ ।

व्यक्तिगत रूपमा लगेर होटेल तथा घरमा दुध बिक्री गर्नेहरुले यस प्रकारको प्रोत्साहन रकम पाउन सकेका छैनन् । राप्ती गाउँपालिका दुधमा आत्मनिर्भर रहेको भन्दै शाखा अधिकृत आचार्यले पालिकामा किसानले उत्पादन गरेको दुध लमही, घोराहसँगै प्युठानसम्म जाने गरेको बताउनुहुन्छ ।

पालिकाले गरेको नमुना सर्वेक्षणमा करिव वार्षिक ३० लाख लिटर दुध उत्पादन हुने गरेको छ । पालिकाले दुध, दहीको खपत बढाउनका लागि पालिकामा चिसो पेय पदार्थमा प्रतिबन्ध लगाएर दही, मोहीलाई प्रयोगमा ल्याएको छ । यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुको साथै किसानलाई बिक्री गर्न सहजता पुगेको किसान चन्द्रलाल चौधरी बताउनुहन्छ ।

पालिकाको अनुदानले आफू जस्ता दुध उत्पादक किसानलाई प्रोत्साहन मिलेको भन्दै किसान चौधरीले भन्नुभयो, “दुःख गरेर दुध, दही बिक्री गर्दा पैसा आउने गरेको थियो । त्यसैमा उत्पादनका आधारमा पालिकाले समेत पैसा दिदा थप हौसल्ला बढाएको छ ।” यसले गर्दा १-२ वटा गाईभैसी पाल्ने किसानलाई थप गाईभैसी बढाउनका लागि सहयोग पुगेको बताउनुु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter