मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र अगाडि लाग्नुपर्छ : संस्कृतिमन्त्री पाण्डे

रमेश पौडेल / पोखरा, असोज ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र अगाडि लाग्नुपर्ने र सरकारले पछाडिबाट सहयोग गर्नुपर्ने बताउनुभएको छ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरामा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

मन्त्री पाण्डेले पोखराको पर्यटन क्षेत्र मात्र नभई हरेक क्षेत्रमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘निजी क्षेत्रको प्रवर्द्धन बिना कुनै मुलुकले आर्थिक विकास गर्न सक्दैन। पछिल्लो समय यस क्षेत्रप्रति गलत भाष्य निर्माण गरिएको छ र त्यो सही होइन। सरकारले पूर्वाधार बनाई लगानीकर्तालाई प्रोत्साहित गर्नुपर्दछ। ’

व्यवसायीले पनि नियमसँगत राजश्व बुझाई मजदुरको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पुँजीको उचित संरक्षण गर्न सरकार तत्पर रहनुपर्ने उहाँको भनाइ थियो।

नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले काँग्रेस र एमालेको एकता मुलुकको लागि आवश्यक रहेको बताउँदै यो सरकारले सुशासनको पक्षमा काम गर्दै आएको अनुभूति रहेकाले आर्थिक सूचकाङ्कमा सुधारका सङ्केत देखिएको बताउनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरामा अन्तराष्ट्रियस्तरको विमानस्थल भएता पनि सञ्चालनमा आउन नसक्नु दुर्भाग्य भएको बताउनुभयो। सङ्घका अध्यक्ष गोकर्ण कार्की, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतमलगायतले पोखराको पर्यटन व्यवसायलगायतका विषयमा बोल्नुभएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter