अलराउन्डर वरियतामा सन्दीपको छलाङ

काठमाडौँ, असोज ९ गते । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिनुभएको हो ।

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५३,औँ करण केसी ७६औँ, गुलशन झा ९०औँ र ललित राजवंशी ९४औँ स्थानमा हुनुहुन्छ ।

दीपेन्द्र र कुशल ६ स्थान तल झर्नुभएको हो । यस्तै करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधार गर्नुभएको छ । सोमपाल यथा स्थानमा हुनुहुन्छ । वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी हुनुहुन्छ ।

यस्तै ब्याटिङतर्फ आसिफ शेख ७९औँ, कुशल भुर्तेले ८०औँ र रोहितकुमार पौडेल ८७औँ स्थानमा हुनुहुन्छ । रोहितको वरियता यथावत् रहेको छ भनेआसिफ ११ र कुशल चार स्थान तल झर्नुभएको छ । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा हुनुहुन्छ ।

बलिङतर्फ सन्दीप लामिछाने ४८औँ, ललित राजवंशी ५२औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ, करण केसी ८७औँ र सोमपाल कामी ८८औँ स्थानमा हुनुहुन्छ । बलिङमा सन्दीपको वरियता यथावत् छ भने ललित दुई, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झर्नुभएको छ । करणले चार स्थान सुधार गर्नुभएको छ ।

बलिङ वरियताको शीर्षस्थानमा दक्षिण अफ्रिकाका केशव महाराज हुनुहुन्छ । एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ । यसअघि १६औँ स्थानमा रहेको नेपाल १७औँ स्थानमा पुगेको हो । शीर्षस्थानमा भारत यथावत् छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter