• Friday, April 11, 2025

‘वान बेल्ट, वान रोड’ प्रस्तावप्रति नेपाल सकारात्मक

काठमाडौँ, असोज १० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकार चीनको ‘वान बेल्ट, वान रोड’ प्रस्तावप्रति सकारात्मक रहेको बताउनुभएको छ।

जनवादी गणतन्त्र चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा बिहीबार आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

मन्त्री गुरुङले भन्नुभयो, “नेपालले छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट राष्ट्रिय हित अनुकूल हुने गरी कार्यान्वयनमा ल्याइएका विभिन्न आयोजनामा सहभागी हुँदै आएको छ। चीनले प्रस्ताव गरेको ‘वान बेल्ट, वान रोड प्रस्तावप्रति नेपाल सरकार सकारात्मक छ।”

यसले आगामी दिनमा चीन सरकारले नेपाल सरकारलाई प्रदान गर्ने थप सहयोगका क्षेत्रलाई उजागर गर्न मद्दत पुर्‍याउने उहाँको विश्वास छ।

मन्त्री गुरुङले भन्नुभयो, “दुई देशका सरकार र जनताबिचको सम्बन्धलाई उचाइमा पुर्‍याउन दुई देशका सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यो कार्यक्रम अत्यन्त फलदायी हुनेछ। यसले आगामी दिनमा चीन सरकारले नेपाल सरकारलाई प्रदान गर्ने थप सहयोगका क्षेत्रहरू समेत उजागर गर्न मद्दत पुर्‍याउने छ।”

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter