महसुल नतिर्ने उद्योगको बैंक खाता र उद्योगको सेयर रोक्का गर्न विद्युत् प्राधिकरणको पत्राचार


काठमाडौँ, मङ्सिर १२ गते । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।

प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् ।

उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका छन् ।

पत्रमा बक्यौता नबुझाउने उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुल उपर गर्न सहयोग गरिदिन कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि अनुरोध गरिएको छ ।

पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र बक्यौता रकम पनि उल्लेख गरिएको छ ।

बैंक खाता रोक्का गर्ने पत्राचारको जानकारी घिसिङले नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएका छन् ।

विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न विद्युत् प्राधिकरणको पत्राचार

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ । बुधबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको अन्य कम्पनीमा सेयर भएमा रोक्का गर्न पत्राचार गरेका हुन् ।

प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउन सेयर रोक्काको लागि पत्राचार गरेका हुन् ।

विद्युत् महसुल बापतको बक्यौता सार्वजनिक राजश्वको भएका कम्पनीको अन्य कुनै कम्पनीमा शेयरमा लगानी भएको भए उक्त कम्पनीको शेयर एवं विद्युत् महसुल बक्यौता राख्ने कम्पनीको सञ्चालकको उक्त कम्पनीमा शेयर कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न र धितोबन्धकी दिन नपाउने गरी रोक्का गरी विद्युत् महसुल बापतको बक्यौता सार्वजनिक राजश्व रकम असुलीको लागि पत्राचार गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि प्रबन्ध निर्देशक घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका थिए ।

बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने प्राधिकरणको तयारी

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने ३४ उद्योगका सञ्चालकहरूको घरको लाइन काट्ने तयारी गरेको छ ।

विद्युत् नियमन आयोग र प्राधिकरणको सञ्चालक समितिले लाइन नकाट्न निर्देशन दिएपछि प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाउन थालेका छन् । प्राधिकरण स्रोतका अनुसार उद्योगका सञ्चालकहरूको घर ठेगाना रेकी गर्ने काम भइरहेको छ । स्रोत भन्छ, ‘पहिचान भएपछि क्रमशः सबै सञ्चालकको घरमा लाइन काटिने छ ।’

प्राधिकरणले विद्युत् वितरण विनियमावली २०७८ को विनियम ३१ को उपविनियम (१) र उपविनियम (३) मा भएको व्यवस्था बमोजिम सञ्चालकहरूको घरको लाइन काट्ने निर्णय गरेको हो । जसमा ‘बक्यौता महसुल असुलउपर गर्ने दायित्व बोकेको प्राधिकरणले बक्यौता महसुल रहेका सम्बन्धित उपभोक्ता (संस्था/कम्पनी) का सञ्चालकहरूको आवासको समेत लाइन काटी बक्यौता असुल गर्नुपर्ने’ उल्लेख छ ।

बुधबार साँझ मात्रै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले खाता रोक्का गर्न राष्ट्र बैंक, सेयर जारी रोक्न धितोपत्र बोर्ड र कम्पनीको सेयर स्वामित्व हस्तान्तरण रोक्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter