• Saturday, April 12, 2025

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत; परराष्ट्रमन्त्री डा. राणा चीनमा


काठमाडौँ, मङ्सिर १३ गते। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मङ्सिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्नेछन् ।

परराष्ट्रमन्त्री डा. राणा चीनमा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन पुग्नेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ बिहीबार साँझ चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहर पुग्नुभएको हो। मन्त्री डा. राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सो भेटवार्ता शुक्रबार चीनको छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्रालयले सामाजिक सञ्जाल ट्वीट (एक्स)मा लेखेको छ, “चीनको परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रमा परराष्ट्रमन्त्री डा. आरजु राणा चीनको छेन्दु सहरमा आइपुग्नुभएको छ । शुक्रबार परराष्ट्रमन्त्री राणा दुई पक्षीय छलफलमा सहभागी हुनुहुनेछ ।’’

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा. राणा चीन जानुभएको हो। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ।

डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन जानुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरुले बिदाइ गर्नुभएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter