किसान सूचीकरण कार्यक्रममा सहभागी हुन आग्रह


धर्बेन्द्र झा / जनकपुरधाम, माघ २९ गते । मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले किसानको पहिचान कायम गर्न सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रममा सहभागी हुन मधेश प्रदेशका किसानलाई आग्रह गर्नुभएको छ ।

किसान आयोगले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार गरेको किसान सूचीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले किसानको पहिचान नभएसम्म राज्यले दिने अनुदान र सेवा सुविधा पाउन कठिन हुने भएकाले किसान सूचीकरण कार्यक्रममा आफनो नाम दर्ता गराउन किसानमा आग्रह गर्नुभयो ।

किसान आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा कृषि गणनाअनुसार तीन लाख ३२ हजार २६० जना किसान रहेकोमा ८० हजार ७६४ जनाले मात्र किसान सूचीकरण कार्यक्रममा आफनो नाम दर्ता गराएको देखिएको छ । मन्त्री सिंहले तीनै तहका सरकारको समन्वयमा उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले किसानको पहिचान भएपछि उहाँहरुको वर्गिकरण हुने र किसानको वर्गिकरण भएमा सेवा प्रवाहमा सरकारलाई सजिलो हुने मन्त्री सिंहको भनाइ छ । कार्यक्रममा किसान आयोगका सदस्य मञ्जु धिमालले किसानको पहिचान नभएसम्म सरकारले किसानका लागि ल्याएका कार्यक्रम समेत प्रभावकारी नहुने भन्दै किसानलाई यस विषयमा जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

पहिचान कायम नभएका कारण कतिपय ठाउँमा किसानलाई राज्यले दिने गरेको अनुदान र सेवा सुविधा अहिलेको अवस्थामा वास्तविक किसानले नपाएको गुनासो पनि सुनिने गरेकाले यसमा हामी सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बक्ताहरुले हामी सबैको जीवनको स्रोत कृषि भएकाले राज्यले कृषिमा लगानी गर्नुपर्ने भन्दै कृषि पेशालाई रोजाइको पेशाको रुपमा विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

किसान आयोगका सदस्य टेकबहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा डा. रामनन्दन तिवारीले किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था तथा अगामी कार्यदिशा र सदस्य बोगटीले किसानको हक अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मधेश प्रदेशको धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका जनप्रतिनिधि र किसानको सहभागिता रहेको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter