पूर्वआईजीपीहरुले प्रधानमन्त्रीसँग भने– प्रहरी विधेयक सच्याउनुपर्छ

काठमाडौँ , फागुन २ गते । प्रहरीका पूर्व महानिरीक्षक(आईजीपी)हरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रहरी विधेयक सच्याउन माग गरेका छन् । बिहीबार साँझ बालुवाटारमा अच्युतकृष्ण खरेल, मोतिलाल बोहरा, उपेन्द्रकान्त अर्याल र धिरज प्रताप सिंहसहित ७ जनाले प्रधानमन्त्रीसँग भेटेर विधेयक सच्याउन माग गरेका हुन् ।

पूर्वआईजीपीहरुले ४ वटा विषय सच्याउन माग गरेका छन् । प्रहरीलाई गृह मन्त्रालयले परिचालन गर्ने प्रस्ताव, प्रजिअले परिचालन गर्ने र अंक दिने प्रस्ताव, सशस्त्रलाई सूत्र परिचालन तथा लागुऔषध, मानव बेचबिखन र संगठित अपराध नियन्त्रणको अधिकार दिने प्रस्ताव सच्याउन माग गरेका छन् । पूर्वआईजीपीहरुले अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी परिचालन गर्नेगरी विधेयकमा भएको व्यवस्था हटाउन माग गरेका हुन् ।

प्रहरी ऐन–२०१२ तथा समायोजन तथा सुपरिवेक्षण ऐन–२०७६ मा प्रहरीको परिचालन नेपाल सरकारले गर्ने व्यवस्था छ । पूर्व आईजीपीहरुले प्रहरी परिचालन ‘नेपाल सरकारले गर्ने’ व्यवस्था राख्न माग गरेका हुन् । छलफलमा सहभागी एकजना आईजीपीले भने, ‘प्रहरीलाई अहिले गृह मन्त्रालयको शाखा जस्तो बनाउन खोजियो यसलाई हामीले सच्याउन माग गरेका छौँ ।’

प्रधानमन्त्री ओलीले पूर्वआईजीपीले राखेको प्रस्तावमा आफू सकारात्मक रहेको बताएका छन् । छलफलमा सहभागी एकजनाले भने, ‘प्रधानमन्त्रीले प्रहरीलाई बलियो बनाउनेगरी ऐन बनाउने बताउनुभएको छ ।’

जिल्लामा सीडीओले प्रहरी परिचालन गर्ने व्यवस्था हटाउन माग गरिएको छ । प्रहरी महानिरीक्षकलाई मात्र परिचालनको अधिकार दिनुपर्ने भन्दै पूर्वप्रमुखहरुले प्रमुख जिल्ला अधिकारीसँग समन्वय मात्रै गर्ने व्यवस्था राख्न माग गरेका छन् । एकजना पूर्व आईजीपी भन्छन्, ‘प्रजिअले २० नम्बर दिने कुरामा पनि हाम्रो असहमति छ ।’

त्यस्तै, सूत्र परिचालनको अधिकार राष्ट्रिय अनुसन्धान विभाग र अनुसन्धानको क्रममा प्रहरीलाई मात्रै दिनुपर्ने भन्दै सशस्त्रलाई दिन खोजिएको सो अधिकार हटाउनुपर्ने उनीहरूको माग छ ।

सिमानामा लागुऔषध र मानव बेचबिखन नियन्त्रण गर्ने अधिकार प्रहरी र सशस्त्र दुवैलाई दिँदा विगतमा उपेन्द्रकान्त अर्याल र कोषराज वन्तको कार्यकायलमा जस्तै दुई संगठनको बिचमा पानी बाराबारको अवस्था आउन सक्नेमा पूर्व आईजीपीहरुले प्रधानमन्त्रीलाई सुझाएका छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter