क्रिकेट प्रशिक्षकका लागि आवेदन खुला; क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

काठमाडौँ, फागुन ३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका लागि शनिबार आवेदन खुला गरेको हो । इच्छुक प्रशिक्षकले फागुन १६ गतेसम्म आवेदन दिने सक्नेछन् ।
क्यानले प्रशिक्षक बन्न कम्तिमा ईसिबी वा सिए बाट लेभल ३ को कोर्स पार गरेको हुनुपर्ने उल्लेख गरेको छ । यस्तै कम्तिमा पाँच वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव भएको, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साईकलबारे जानकार भएको हुनुपने पनि उल्लेख छ ।
मुख्य प्रशिक्षम मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएसँगै मोन्टीसँग नयाँ सम्झौता नगर्ने क्यानको निर्णयसँगै क्रिमेट प्रशिक्षक पद रिक्त रहेको थियो ।
क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान
हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद साधना सम्मानबाट सम्मानित हुनु भएको छ।
धनगढीमा रहेको चैतन्य पाठशालाले क्रिकेट खेलमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई चैतन्य खेलकुद साधना सम्मान प्रदान गरेको हो । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर देउवाले उहाँलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
यसैगरी, ऐश्वर्य विद्या निकेतनका प्रिन्सिपल प्रेमनिधि ओझालाई २५ हजार पुरस्कारराशिको चैतन्य शिक्षा साधना सम्मान प्रदान गरिएको छ । यस्तै, साहित्यकार यज्ञराज उपाध्यायलाई २५ हजार पुरस्कारराशिको चैतन्य कला, संस्कृति तथा साहित्य साधना सम्मान प्रदान गरिएको छ ।
चैतन्यले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर साधना सम्मानसहित विभिन्न सम्मान प्रदान गरेको हो ।